काठमाडौं, १४ मंसिर । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले अहिले मुलुक असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् । अहिलेको ठोस राजनीतिक स्थिति र क्रान्तिकारी पार्टी निर्माणबारे उनले जारी गरेको विज्ञप्तीमा यो विषय उल्लेख गरिएको छ ।
जहाँ भनिएको छ,‘हामी अहिले मुलुकको असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिँदै छौँ । जेन्जीको आन्दोलन र त्यसपछि भएको विध्वंशबाट राज्यको सम्प्रभुताले घुँडा टेकेको, सरकार र संसदले आत्मसमर्पण गरेको, राजनीतिक पार्टीहरुले औचित्य गुमाएको र तिनका नेताहरुले ज्यान जोगाउन भागाभाग हुनु परेको घटना हाम्रो राजनीतिक इतिहासमा असाधारण थियो । त्यसले राज्य, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध र मनोविज्ञानमा जुन आधात लागेको छ र जुन अन्योल सिर्जना भएको छ त्यसकोनिकास धेरै कष्टसाध्य र दूरगामी हुनेछ । लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको १० वर्षमै यस्तो सङ्कट किन आयो र यसको समाधान कसरी हुन्छ भन्ने कुरा नै आजको राष्ट्रिय राजनीतिक जीवनको मुख्य विषय हो ।’
अहिलेको ठोस राजनीतिक अवस्था र क्रान्तिकारी पार्टी निर्माण
कमरेड अध्यक्ष र सम्पूर्ण कमरेडहरु,
हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ पहलकदमी सुरु गरेका छौँ । नेपालको कम्युनिष्ट तथा वाम आन्दोलनका वैचारिक तथा साङ्गठानिक विचलनमा क्रान्तिकारी हस्तक्षेप गरेर आन्दोलनलाई पुनर्गठन तथा पुनर्जागरण गर्न नेकपा (संयुक्त) र नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानका बीच एकता सम्पन्न गरेर नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको यस बैठकमा उपस्थित भएका छौँ । सर्वप्रथम सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो आन्दोलनका सम्पूर्ण अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछौँ ।
हामी अहिले मुलुकको असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिँदै छौँ । जेन्जीको आन्दोलन र त्यसपछि भएको विध्वंशबाट राज्यको सम्प्रभुताले घुँडा टेकेको, सरकार र संसदले आत्मसमर्पण गरेको, राजनीतिक पार्टीहरुले औचित्य गुमाएको र तिनका नेताहरुले ज्यान जोगाउन भागाभाग हुनु परेको घटना हाम्रो राजनीतिक इतिहासमा असाधारण थियो । त्यसले राज्य, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध र मनोविज्ञानमा जुन आधात लागेको छ र जुन अन्योल सिर्जना भएको छ त्यसकोनिकास धेरै कष्टसाध्य र दूरगामी हुनेछ । लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको १० वर्षमै यस्तो सङ्कट किन आयो र यसको समाधान कसरी हुन्छ भन्ने कुरा नै आजको राष्ट्रिय राजनीतिक जीवनको मुख्य विषय हो ।
जेन्जी आन्दोलन र विध्वंशको पृष्ठभूमि
∙ २०७२ सालमा संविधान जारी भएपछि हाम्रो राष्ट्रिय आकाङ्क्षा आकाशिएकोथियो । इतिहासका अविकास, विभेद, शोषण, बाह्य हस्तक्षेपको अन्त्य हुन्छ र लोकतान्त्रिक स्थिरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ आगाडि बढ्छ भन्ने आशा जनतामा थियो । त्यस्तो आशा र विश्वासको मनोविज्ञान राष्ट्र निर्माणका लागि ऐतिहासिक अवसर हुन सक्थ्यो । तर त्यसपछि नै राजनीतिक पार्टीका नेताहरुको नाङ्गो सत्तालोलुपता, खेडबाड र निर्वाचन तथा सरकार निर्माणमा भएका लोकतन्त्र विरोधी हर्कतहरुले जनतामा वितृष्णा र आक्रोश बढ्न थालेको थियो ।
∙ मुलुकको राजनीति, सरकार, संसद, न्याय प्रणाली तथा मुलुकी प्रशासन केही विचौलियाहरुको नियन्त्रणमा गएका तथ्यहरु छरपस्ट हुँदै जाँदा जनतामा निराशा बढ्दै गयो । राजनीति, नेता र पार्टीहरुको गरिमा घट्दैगयो ।
∙ नेपाली काङ्ग्रेसका विचार र नीतिहरुले मुलुकका समस्याको समाधान दिँदैनथे । त्यसमाथि, नेपाली काङ्ग्रेसको नेतृत्व गुट जसरी खुल्लमखुल्ला दलाल पुँजीपति बिचौलियाको नियन्त्रणमा गैरहेको थियो । त्यसले मुलुकको रुपान्तरण र जनताको आकाशिएको मनोविज्ञानलाई सम्बोधन गर्न सक्दैनथ्यो ।
∙ नेतृत्वको असामान्य महत्वाकाङ्क्षाका लागि नेकपा एमाले अराजनीतिकरण हुँदै गयो । त्यसका लागि मुलुक र पार्टीमाथि सङ्कट बढेको देखाउँदै देशभक्त जनता र प्रतिबद्ध पार्टी कार्यकर्ताको भय दोहन गर्नु पथ्र्यो । त्यसले दलाल पुँजीपति बिचौलियासँग हिमचिम र नेताका नालायकीलाई ढाकछोप गथ्र्यो । यसरी नेकपा एमाले सत्ताको खेलमा पूर्णकालीन भैसकेको थियो ।
ज्ञ
∙ माओवादी जनयुद्धले आफ्नो पङ्तिमा असाधारण क्रान्तिकारी भावना सिञ्चित गरेको थियो । अर्कोतर्फजनयुद्धप्रति घोर घृणा र विरोध पनि सिर्जना गरेको थियो । शान्तिप्रक्रियामा आउँदाआउँदै त्यसको नेतृत्व पङ्ति जनयुद्धका भावना र आदर्श बोक्न नसक्ने र विरोधलाई सामना गर्न नसक्ने गरी सुखसयलमा फस्न थालिसकेको । यस्तो अवस्थामा आम मानिसका दिमागबाट जनयुद्धका सम्झना मेटाइदिनु नै सजिलो बाटो थियो । त्यसका लागि उसले सत्ता राजनीतिमा सक्कली÷नक्कली नयाँ नयाँ घटना घटाउँदै जानु पथ्र्यो । यस क्रममा माओवादी नेतृत्वले आफुलाई विश्वास गर्न नसकिने शक्तिका रुपमा देशभित्र र बाहिरसमेत स्थापित गरिसकेको थियो ।
∙ अरु कैयन्साना पार्टीहरु तिनका आफ्नै अस्तित्व रक्षाका लागि एकपछि अर्को गरी ठूला पार्टीका सत्ता गठबन्धनका गोटी बन्दै गए । थोरै संसदीय शक्तिका आडमा माओवादीले प्रधानमन्त्री पाएको देखेका र आफ्नो पालो पनि आउन सक्ने आशमा ती साना पार्टीले आफ्ना मुद्दा बिर्सिँदै गए । नेताहरु भ्रष्टाचारका विभिन्न घटनामा संलग्न भएका कारणले उनीहरुको सुरक्षाका लागि पनि पार्टीहरु सत्तामा रहिरहनु पर्ने भयो ।
∙ पार्टीहरु आफ्ना घोषित विचारमा रहेनन् । ती सबैजसो पार्टीको मुख्य नेतृत्व राज्यदोहन र भ्रष्टाचारमा लाग्यो । पार्टीका धेरैजसो गुटबन्दी पनि कमाउने प्रतिस्र्धामा भागबण्डा नमिलेपछि हुन थाले । नीति, विधि, सिद्धान्तजस्ता विषय किनारा लगाइए, बदनाम गरिए । राजनीतिको कारोवारीकरण, भ्रष्टीकरण र गुण्डाकरणले पार्टीका असल मानिसहरु किनारा लाग्दै गए । यसरी पुराना भनिएका पार्टीहरु आफैभित्र कमजोर हुँदै गए र जनताको नजरमा पनि गिर्दै गए ।
∙ राजनीतिक नेतृत्वको नालायकीलाई समाजले दुत्कारिरहेको, उनीहरुमध्ये कैयन्ले मुद्दा खेपिरहेको, कैयन्माथि समाजले प्रश्न गरिरहेकोदेखेकोर राजनीतिक नेतृत्वसँग भ्रष्टाचारका विभिन्न काण्डमा सँगसँग काम गरेको हुँदा प्रशासन तथा सुरक्षा निकायहरुमाथि राजनीतिक नेतृत्वको नियन्त्रण कमजोर हुँदै गयो । नाजायज सम्पत्ति आर्जन गर्ने लोभमा हाम्रो प्रशासनको झण्डै सबैजसो संरचना भ्रष्टाचारमा डुबेको हुँदा त्यसको नैतिक हैसियत नराम्रोसँग खस्केको यियो ।
∙ यस बिचमा न्यायालयमा जसरी खुल्लमखुल्ला स्वार्थको खेल हुँदै गयो, न्यायाधिशहरुले कार्यकारीमा भागबण्डा खोज्न थाले, उनीहरुका फैसलाहरु जसरी विवादित हुँदै गए, विचौलियाहरुले न्यायालयलाई प्रभावित पार्न थाले त्यसबाट नागरिकहरुमा न्यायको भरोसा मर्दै गयो ।
∙ संसद हरेक विकृतिको छायाँले ढाकिँदै गयो । राजनीतिक पार्टीहरु, संसद, सरकार र न्यायालयसमेत राज्यबाट टाढिँदै जाँदा नागरिकमा निराशा र आक्रोश बढ्यो ।
∙ राजतन्त्रको राजनीतिक, आर्थिक तथा साँस्कृतिक प्रभावमा रहेको पुनरुत्थानवादी शक्तिलाई राप्रपा र अन्य राजावादीहरुले व्यवस्थाका विरुद्ध सङ्गठित गर्दै थिए । विभिन्न समयमा उनीहरु सडकमै उत्रिएका थिए । उनीहरुका प्रयासले पनि सरकार बदनाम हुँदै थियो ।
∙ गत स्थानीय निर्वाचन र आम निर्वाचनपछि ‘पुराना पार्टी, पुराना नेता’ विरुद्ध समाजको विभिन्न तप्का, खासगरी युवा पुस्तालाई प्रभावित पार्दै लगेको थियो । काठमाण्डौका मेयर बालेन्द्र शाहको वरिपरी जोडिँदै गएको समूहले सरकारका विरुद्ध असन्तुष्टी र आक्रोश पोख्दै गएको थियो । त्यस्तो आक्रोश स्वाभाविकरुपमा प्रधानमन्त्री के पी ओली, अन्य प्रमुख नेताहरु, सरकार र राज्य विरुद्ध केन्द्रीत हुँदै गयो ।
∙ नयाँ शक्तिका रुपमा देखा परेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापीरुपमा ‘पुराना पार्टी, पुराना नेता’ को भाष्यलाई देशव्यापीरुपमा सङ्गठित गर्दै गएको थियो । पछिल्लो समय रवि
द्द
लामिछानेमाथि विभिन्न मुद्दाहरु लाग्दै गएपछि त्यसबाट जनताको ध्यान मोड्न त्यस पार्टीले सरकारका विरुद्ध एक सूत्रीय एजेण्डाका साथ आफ्नो गतिविधिलाई अगाडि बढाएको थियो । ∙ सत्ताबाट बाहिरिएपछि मुख्य प्रतिपक्षी नेकपा माओवादी जसरी भए पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन सरकारलाई असफल पार्न र कुनै न कुनैरुपमा सरकारमा सहभागी हुन चाहान्थ्यो । माओवादीको पार्टी पङ्ति सरकारका विरुद्ध जेसुकै गर्न तयार हुँदै गएको थियो । ∙ हाम्रो भूराजनीतिका केही खास विशेषता छन्। हामी विश्व शक्ति बन्दै गएका चीन र भारतका बीचमा छौँ, चीनको स्वशासित प्रदेश तिब्बतको साँधमा छौँ, अमेरिकाले नेतृत्व गरेको पुरानो विश्वव्यवस्था र नयाँ विश्वव्यवस्थाको मुख्य शक्तिका रुपमा चीनको विकासले चर्किँदै गएको विश्व राजनीतिक अवस्थामा हामी चीनका छिमेकमा छौँ, भारत र पश्चिमको सम्बन्ध चिसिँदै गएको र रुस, भारत र चीनको नयाँ गठबन्धन बन्ने चर्चाका बीच हामी छौँ । भारतसँग हाम्रो सम्बन्धका जटीलता हामीले ब्यहोरी रहेका छौँ । यसरी हेर्दा हामी भूराजनीतिक भूमरीमा छौँ । यस्तो भूराजनीतिक तानतानीमा हाम्रो राज्य र समाजका विभिन्न क्षेत्रमा उनीहरुको चलखेल स्वतः स्पष्ट छ ।
∙ यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगायो । नौजवान युवाहरुको मनोरञ्जन लिने, सम्बाद गर्ने, सम्पर्क स्थापित गर्ने, अध्ययन गर्ने, आफ्नो पहिचान देखाउने, आक्रोश पोख्ने, एकान्त बिताउने, आम्दानी गर्ने बहुआयामिक थलोमाथि अचानक आक्रमण भएपछि उनीहरुमा हाहाकार उत्पन्न भयो । सामाजिक सञ्जालमाथि प्रतिबन्ध फुकुवा गर्ने माग सर्वत्र फैलियो । ठिक यही बिन्दुमा उनीहरुको मागमा भ्रष्टाचारको मुद्दा जोडियो । उपरोक्त पृष्ठभूमिमा २३ गतेको विरोध ¥यालीले समाजका सबै तप्काको ध्यान तान्यो, समर्थन पायो ।
∙ समाजको उकुसमुकुसलाई माथि उल्लेख गरिएका सबै शक्ति र तत्वहरुले देखेका थिए र त्यसलाई आआफ्नो हिसाबले उपयोग गर्ने दाउमा थिए । २३ गते सरकारले गरेको नरसंहारबाट उत्पन्न रोषलाई प्रयोग गर्दै २४ गते पर्दा पछाडिका (भूराजनीतिक) शक्तिको पनि योजनामा जेन जीको आन्दोलन अपहरित भयो । माथि उल्लेखित राजनीतिक सामाजिक अन्तरविरोधहरुले सर्वसाधारण मानिसहरुको ठूलो पङ्ति आक्रोश व्यक्त गर्न तयार नै थियो । त्यसलाई उपद्रवी सामाजिक लफङ्गाहरुले उपयोग गरे र तोडफोड, आगजनी र लूटपाटको ताण्डव नाचे ।
वर्तमान राजनीतिक अवस्था
∙ २३ र २४ गतेका धक्कापछि नेपालको राजनीतिमा एउटा असाधारण शून्यता छाएको थियो । त्यस असाधारण धक्कालाई त्यही गम्भीरताका साथ समीक्षा गरेर राजनीतिक पार्टीले पुनर्गठन र रुपान्तरणको कार्ययोजनाका साथ अगाडि बढ्नु पथ्र्यो । खासगरी सत्ता स्वार्थका लागि मुलुकको राजनीतिलाई नै बर्बादीमा धकेल्ने नेतृत्वलाई त्यसको जिम्मेवार ठह¥याउनु पथ्र्यो र यस बिचमा गरिएको राजनीतिक अभ्यासको पुनरावलोकन गरेर कमजोरीबाट सिक्ने प्रतिबद्धता गर्नु पथ्र्यो । त्यसले जनतालाई पार्टी र त्यसले राजनीतिप्रति जनताको विस्वासलाई पुनर्जाग्रित गर्न सक्थ्यो । तर समय बित्दै जाँदा गएका १० वर्ष राजनीतिलाई अस्तब्यस्त बनाएर मुलुकलाई यस्तो सङ्कटमा
धकेलेकाहरु फेरि ब्युँतिदै गएका छन्। राजनीतिमा सुधारको सम्भावना कमजोर हुँदै गएको छ । ∙ राजनीतिक पार्टीहरुमा सुधारको कुनै लक्षण नदेखिएको अवस्थामा दलाल पुँजीपति बिचौलियाहरु, स्थायी राज्यका संयन्त्रहरु पनि सुरक्षित महसुस गर्दैछन्। यसले गर्दा मुलुकले ब्यहोरेको विध्वंशका कारणहरु ज्युका त्युँ रहने परिस्थिति बन्दै गएको छ ।
घ
∙ पुराना पार्टीहरुमा सुधारको गुञ्जाइस हुन्थ्यो भने नयाँ पुस्ताले सजिलै बाटो भेटाउँथ्यो । त्यसको अभावमा अहिले जेन्जीका नाममा दर्जनौँ सञ्जाल बन्दै गएका छन्र जिल्लाहरुमा पनि अनेक समूहहरु देखिएका छन्। एकातिर गत आन्दोलनका क्रममा समाजले उनीहरुप्रति देखाएको ब्यापक समर्थन र अर्कातिर जेन्जीको कुनै एकीकृत वैचारिक आधार नहुने भएकाले उनीहरुमा सतही आत्मविश्वास र उत्साह देखिन्छ । उनीहरुमध्ये कतिपयमा केही तात्कालिक एजेण्डा छन्, धेरै समूहहरुसँग त असङ्गत मागमात्रै छन् । जसले गर्दा आन्दोलनपछि त्यस पुस्तामा बढेको उत्साहलाई राजनीतिक एजेण्डामा ढालेर मुलुकले पाउन सक्ने राजनीतिको नयाँ भरपर्दो पुस्ता नबन्ने अवस्था देखिँदै छ । तिनीहरु या त विचार बिनाका नयाँ पार्टीमा लागेर वा पुरानै नेताका आँगनमा पुगेर ओत लाग्ने सम्भावना बढ्दै छ ।
∙ जेन्जी आन्दोलनका क्रममा उठेका मागहरु– लामो समय सत्तामा रहेर राजनीतिलाई विकृत बनाएकाहरुले राजनीतिबाट बिदा लिउन्, भ्रष्टाचारीहरुमाथि कार्यबाही गरियोस्– का लागि पनि उनीहरुको कुनै सङ्गठित पहलकदमी नहुने अवस्था बन्दै गएको छ । यसले समयक्रममा २४ गतेको विध्वंशले उत्पन्न गरेको त्रासद्मनोविज्ञानमात्रै बाँकी रहन सक्ने देखिँदै गएको छ । त्यस्तो मनोविज्ञानले समाजमा अमनचैन हुन दिने छैन ।
∙ नयाँ भनिने पार्टी र प्रवृत्तिहरुमा विचारहीन पुपुलिष्टहरु एकपछि अर्को बन्ने र भत्किने क्रम जारी छ । पुरानै पार्टीका नेताको जस्तो शक्तिको लोभ तिनमा पनि देखिन्छ । पूर्व कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरु पनि आफ्नो विगतका बदला लिन वा त्यसबेला जम्मा गरेको सम्पत्ति सुरक्षित गर्न पनि नयाँ वा वैकल्पिक भनिने राजनीतिमा लागेको देखिन्छ । विचार वा परम्पराका नैतिक बन्धनले नबाँध्ने हुँदा यिनीहरुले राजनीतिमा अझ अवाञ्छित प्रवृत्तिहरु हुल्न सक्ने छन्।
∙ पुराना पार्टीको नेतृत्वलेसत्ता र पैसाबाहेक सबथोक बेकार हो भनेर प्रशिक्षित गरेको हुँदा पुराना भनिएका पार्टीका कैयन्कार्यकर्ता नयाँ भनिने पार्टीहरुको ओत लाग्ने देखिन्छ । यस्तो प्रवृत्तिले न पुराना पार्टीमा सुधार हुनेछ न त भरपर्दा नयाँ पार्टी बन्नेछन्बरु राजनीति अझ कचिङ्गलग्रस्त हुनेछ ।
∙ यस्तो अवस्थामा हाम्रो राजनीतिमा भूराजनीतिक चलखेलहरु अझ बढ्दै जानेछन् । त्यसबाट राष्ट्रको स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता कमजोर हुँदै जाने छ ।
∙ सङ्क्षेपमा, अस्वीकृत नेतृत्वका हातमा फेरि राजनीतिको बागडोर पुग्दा राजनीति र समाजको तनाव बढ्नेछ । त्यस तनावले राजनीतिलाई अस्थीर बनाइरहने छ । हामी राजनीतिक सङ्कटको एउटा लामो सुरुङ्मा पसिसकेका छौँ । सानोतिनो प्रयत्नले यसबाट निस्कन सजिलो छैन ।
नेपाली समाजको अर्थराजनीतिक सङ्कट
सामन्ती जहानियाँ राणा शासनबाट मुक्त हुँदा नै नेपाल आर्थिकरुपले पराश्रित हुँदै गएको थियो । प्रजातन्त्र स्थापना भएपछि पनि राजनीतिक अस्थिरता जारी रह्यो । २०१७ सालमा पञ्चायती व्यवस्था लागू भयो । त्यसले राज्यको खर्च बढायो तर आन्तरिक उत्पादन बढाउन सकेन । कृषि र उद्योगमा क्रान्तिकारी हस्तक्षेप नगरी गरिबी, बेरोजगारी र विभेद हटाउन सकिँदैनथ्यो, शिक्षा तथा स्वास्थ र अन्य सामाजिक लगानी बढाउन सकिँदैनथ्यो । परिणामतः पञ्चायती व्यवस्थामा दलाल पुँजीवादको विस्तार भयो । त्यसले सामाजिक–आर्थिक सङ्कट बढायो । अन्त्यतः पञ्चायती व्यवस्था नै ढल्यो ।
द्ध
२०४७ मा प्रजातन्त्र पुनस्थापित भयो । नेपाली काङ्ग्रेसको नेतृत्वमा वित्तिय पुँजीवादी नीतिहरुले पनि दलाल पुँजीवादलाई नै विस्तार गरे । एकातिर संविधानले दिएका व्यक्ति र समुदायका राजनीतिक अधिकारहरु अर्कोतिर दलाल पुँजीवादी अर्थतन्त्रका अन्तरविरोधको समाधान नेपाली काङ्ग्रेससँग थिएन । राज्यको खर्च बढ्दै जाने तर उत्पादन नहुने अवस्थामा राजनीतिक अस्थिरता बढ्नु स्वाभाविक हुन्थ्यो । नेपाली काङ्ग्रेस र नेकपा एमालेका अन्तरविरोध, राजा र संसदका अन्तरविरोध र नेपाल र भारतका अन्तरविरोधमा राष्ट्रिय राजनीति गिजोलिँदै गयो । त्यही मौकामा नेकपा माओवादीले सुरु गरेको जनयुद्धले सङ्कटलाई झन् बढायो । त्यही क्रममा राजाले संसदमाथि आक्रमण गरेपछि संसदीय राजनीतिका ७ दल र माओवादीले राजाका विरुद्ध सहमति गरे । राजतन्त्र अन्त्य भयो ।
२०६२÷६३ को क्रान्ति नेपाली समाज र राजनीतिको एउटा पानी ढलो थियो । त्यसले सामन्तवादको राजनीतिक संस्थालाई अन्तिम धक्का दियो र २००६ सालमा सङ्गठितरुपमा सुरु भएको जनवादी क्रान्तिको चरणलाई पूर्णता दियो र संविधानमा संस्थागत ग¥यो । त्यसपछि नेपाली क्रान्ति समाजवादको नयाँ चरणमा प्रवेश ग¥यो । त्यसले समाजवादी कार्यदिशा, समाजवादको ठोस कार्यक्रम, समाजवादी राजनीति र समाजवादी सङ्गठनका ठोस सिद्धान्त खोजेको थियो । राजतन्त्रको अन्त्यका साथै कम्युनिष्ट पार्टीले त्यसका लागि आफुलाई तयार गर्नु पर्ने थियो । तर एकातिर, नेपाली समाज र राजनीतिक परिवर्तनको विकासक्रमलाई बुझ्न सक्ने नेतृत्व भएन, अर्कोतर्फ दलाल अर्थात्कम्युनिष्ट पार्टीसँग दलाल पुँजीवादका विरुद्ध लड्ने स्पष्ट राजनीति र सङ्गठन भएन । अर्कातिर बुर्जुवा पार्टी मात्रै होइन ठूलो सङ्ख्यामा कम्युनिष्ट पार्टीका नेताहरु छिटोछिटो सम्पत्ति कमाउने प्रतिस्पर्धामा लागे । नागरिकका दृष्टिमा पार्टीका नेता, सांसद, प्रधानमन्त्री, मन्त्री, न्यायाधिश, प्रशासक, सुरक्षा अधिकारी र दलाल (विचौलिया) उस्तै देखिँदै गए । यसरी राज्य, राजनीति, पार्टी र नेता जनतबाट उखेलिँदै गए । संविधान बनेपछि आकासिएको राष्ट्रको आकाङ्क्षामाथि नेताहरुबाट लगातार खेलबाड भएपछि जनताको आक्रोश जेन्जी आन्दोलनको समर्थनमा अभिव्यक्त भयो । मौकाको ताकमा रहेका देशभित्र र बाहिरका षडयन्त्रकारी, पुनरुत्थानवादी, पपुलिष्ट, सामाजिक लफङ्गा तथा अपराधीहरुले २३ गते भएको नरसंहारलाई दुरुपयोग गरेर २४ गतेको आगजनी तोडफोड र लूटपाटको ताण्डव नाचे । संविधान बनेको १० वर्षमै नेपाल फेरि भयानक सङ्कटमा धकेलियो ।
निष्कर्ष ः
१. नेपाली राजनीतिको वर्तमान सङ्कट हाम्रो समाजको अर्थराजनीतिक सङ्कटकै अभिव्यक्ति हो । दलाल पुँजीवादले मुख्यतः उद्यमशील तथा राष्ट्रिय पुँजीको विकासलाई रोक्छ र बेरोजगारी, गरिबी, विभेदलाई बढाउँछ । राज्यलाई नियन्त्रण गर्छ र सुशासन हुन दिँदैन । त्यसरी समाजलाई सधैँ सङ्कट र अस्थिरतामा राख्छ ।
२. नेपाली समाजको विकासको गतिलाई अवरुद्ध गर्ने दलाल पुँजीवादको वर्चस्वलाई अन्त्य गर्दै अगाडि बढ्नु क्रान्तिको रणनीतिक अभिभारा हो । तर पुराना भनिएका मुख्य पार्टीका नेतृत्वले दलाल पुँजीवादलाई सहवरण गरेका छन्तर आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएका छन्। पार्टीहरु दलाल पुँजीवादका विरुद्ध लड्ने राजनीतिक राजनीतिक शक्ति नहुँदा मुलुकमा सङ्कटहरु आइरहन्छन्।
३. नयाँ भनिएका पार्टी र प्रवृत्तिमा वैचारिक, सैद्धान्तिक, राजनीतिक तथा कार्यक्रमिक आधार र योजना छैनन्। पुराना पार्टीका नालायकीको विरुद्ध केही मुद्दाहरुमा जनतालाई प्रभावित पारे पनि अन्त्यतः तिनीहरु पनि दलाल पुँजीवादकै शिकार बन्नेछन्भन्ने कुरामा शङ्का छैन ।
छ
४. तसर्थ, उपरोक्त पार्टीहरुकोविकल्पमा नयाँ र क्रान्तिकरी पार्टीको निर्माण गर्नु हाम्रो आजको अभिभारा हो । त्यसलाई ठोसरुपमा यसरी भन्न सकिन्छ ः एकातिर, पुराना भनिएका पार्टीको नेतृत्व दलाल पुँजीवादसँग एकाकार हुँदै गएको छ र ती पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ, त्यसैले दलाल पुँजीवादसँग लड्ने फराकिलो आन्तरिक लोकतन्त्र भएको पार्टी निर्माण गर्नु पर्छ । अर्कोतर्फ, नयाँ भनिएका पार्टी केवल पपुलिष्ट एजेण्डामा बनेका हुँदा अबको क्रान्तिकारी पार्टी विचार, सिद्धान्त, राजनीति तथा क्रान्तिकारी सङ्गठनमा आधारित हुनु पर्छ ।
समाजवादको ठोस कार्यभारलाई नेतृत्व गर्न सक्ने निम्न विशेषता भएको पार्टी सङ्गठन निर्माण गर्ने कुरा हामीले एकता घोषणाको पत्रकार सम्मेलनमा स्पष्ट पारिसकेका छौँ ः
य दलाल पुँजीवादका ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादी रुपान्तरणलाई सुनिश्चित गर्ने, य सबै क्षेत्रमा राष्ट्रिय पुँजीको विकास गरी बेरोजगारी अन्त्य गर्ने योजनालाई नेतृत्व गर्न सक्ने, सबै खालका सामाजिक विभेदहरु उन्मुलन गर्ने अभियानलाई अगुवाई गर्न सक्ने र भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासनलाई प्रत्याभूति गर्न सक्ने समाजवादी ध्येयको सङ्गठन,
य आजको युगमा पुँजीवादी साम्राज्यवादी शोषणका विरुद्ध लड्न सक्ने चेतनाको सदस्यहरुको सङ्गठन,
य मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनका प्रश्नमा हरेक सदस्य सचेत रहेको सङ्गठन, य सबै सदस्यहरुमा क्रान्तिकारी वैचारिक तथा साङ्ठानिक योग्यता सुनिश्चित हुने मापदण्डका आधारमा हरेक कमिटीका पदाधिकारीको चयन, निर्वाचनका उम्मेदवारहरुको चयनलगायत अन्य विषयमा माथिल्ला कमिटीको कुनै पनि हस्तक्षेप नहुने व्यवस्था,
य पार्टीका सबै सदस्यहरु आफ्नै उत्पादनमा बाँच्छन्भन्ने कुराको प्रत्याभूति,
य सबै कमिटी निर्वाचित हुने र सबै निर्णय संस्थागत हुने,
य नीतिगत सबै निर्णयमा कुनै कमिटीका सदस्यले मात्रै होइन, सबै सदस्यले भोट गर्न पाउने (यस्तो प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्न आजको प्रविधिले सम्भव बनाएको छ),
य हरेक कमिटीका उम्मेदवार पदाधिकारीहरुमाथि सार्वजनिक उजुरीको व्यवस्था, य पदका कारणले आर्थिक हैसियत नबढ्ने कुराको ग्यारण्टी (अर्थात्सार्वजनिक पदमा पुगेको कसैले पनि घुस खाँदैन भन्ने कुराको प्रत्याभूति),
य कुनै पनि फौजदारी मुद्दा लागेको व्यक्तिको सदस्यता स्वतः निलम्बन हुने,
य आदेश र फर्मानमा होइन, सम्बाद र सहकार्यमा आधारित,
य जनसंगठनका अध्यक्षहरु सम्बन्धित तहको पार्टी कमिटीको सदस्य हुने, इञ्चार्जका नाममा कसैलाई पनि नपठाउने,
य पार्टीको तर्फबाट गएका सबै जनप्रतिनिधि त्यही स्तरको पार्टी कमिटीको प्रत्यक्ष निर्देशनअन्तरगत रहने,
य सबै तहका जनप्रतिनिधिको उम्मेदवारको क्रान्तिकारी योग्यताको निर्धारण,
य हरेक तहका कमिटीका सदस्यको योग्यता निर्धारण गरिने,
य सदस्यहरुको सदस्यता शुल्क र पारदर्शी सार्वजनिक चन्दामा आधारित आर्थिक व्यवस्थापन, य जिम्मेवारी पूरा गर्न नसक्ने कुनै पनि पदाधिकारी वा सदस्यको पद रिक्त हुने, य हरेक कमिटीमा चुनिन पाउने अवधिको निर्धारण, आदि ।
ट
हाम्रा तात्कालिक अभिभाराहरु ः
क. सङ्गठनात्मक काम
आगामी राष्ट्रिय सम्मेलनसम्म हामीले कम्तिमा पनि सबै प्रदेश र जिल्ला तथा प्रमुख पालिकाहरुमा कमिटीहरु निर्माण गरी सक्नु पर्छ । त्यसका लागि अलग्गै योजना बनाउनु पर्छ । ख. पार्टीको समाजवादी कार्यक्रम निर्माण गर्ने
दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै, १०÷१२ वर्षमा सबै नेपालीलाई रोजगारी दिने र भ्रष्टाचार, अपारदर्शिता, ढिलासुस्ती तथा अनियमितताको अन्त्य गरी सुशासनको स्थापना गर्दै, समाजवादको आधार तयार गर्ने कार्यभारलाई विस्तृतीकरण गरी आगामी राष्ट्रिय सम्मेलनबाट समाजवादको आजको ठोस कार्यभार रुपमा अगाडि सार्नु पर्छ ।
ग. सङ्घर्ष र प्रचारका काम
राजनीतिक पार्टी सामाजिक वर्गहरुको प्रतिनिधि पार्टी हो । क्रान्तिकारी पार्टीको विकास सिद्धान्त, सङ्गठन र सङ्घर्षको अन्योन्याश्रित अन्तरक्रियाबाट हुन्छ । त्यसैले जति सकिन्छ छिटो हामीले पनि कुनै न कुनै रुपमा आन्दोलन सङ्गठित गर्नु पर्छ । आगामी निर्वाचनलाई समेत आन्दोलनका रुपमा सञ्चालन गर्नु पर्छ । हामीले गर्ने सङ्घर्षका कामको प्रचारले हाम्रो सङ्गठनको आधार तयार गर्नेछ ।
घ. वैचारिक काम
वैचारिक काम हाम्रो औधि महत्वको क्षेत्र हो । हामीले नयाँ र क्रान्तिकारी कम्युनिष्ट विकल्पको पहलकदमी गरेका छौँ । यस क्षेत्रमा हामीले गर्ने कामले सम्पूर्ण वाम आन्दोनललाई प्रभावित पार्नेछ । पार्टीभित्र र सार्वजनिकरुपमा पनि वैचारिक कामलाई व्यवस्थित गर्नु पर्छ । खासगरी अहिलेको सूचना प्रविधिमा आधारित प्रशिक्षण तथा सार्वजनिक बहसका लागि हामीले आफुलाई तयार पार्नु पर्छ ।
कमरेडहरु,
हामीले सुरु गरेको पहलकदमीका अनेकौँ सीमाहरु छन्। एकातिर पार्टीको अस्तित्वका लागि अदालतमा लामो समयसम्म मुद्दा लड्नु पर्दा नेकपा संयुक्तले पार्टी निर्माणमा अनेकौँ समस्याहरुको सामना गर्नु प¥यो । केही दिन अघिमात्रै पार्टीले कानूनी मान्यता पाएको छ । अर्कोतर्फ नेकपा एकीकृत समाजवादीमा नेतृत्वले पार्टीको औचित्य सावित गर्न नसकेर आत्म समर्पण गर्ने नीति लिएपछि त्यसबाट अलग भएर पार्टीको पुनर्गठनतर्फ लाग्दा झेल्नु परेका अनेक समस्याहरुबाट हामी अहिले पनि प्रभावित छौँ । यस क्रममा व्यवहारिकरुपमा हामीले अझै धेरै अस्तब्यस्तताहरुको सामना गर्नु पर्नेछ । नेपालको आजको ठोस राजनीतिक अवस्थामा हामीले जुन अभिभारा कबोल गरका छौँ रणनीतिकरुपमा हामी अरु सबैभन्दा ठिक ठाउँमा उभिएका छौँ । आजको अवस्थामा क्रान्तिकारी विकल्प किन आवश्यक छ र त्यो कस्तो हुन्छ भन्ने विषयमा हामीसँग कसैले सामना गर्न सक्ने छैन । व्यावहारिकरुपमा हामीले आफ्नो योग्यताको प्रदर्शन गर्नु पर्नेछ । क्रान्तिकारी धैर्यता र प्रतिबद्धताका साथ व्यवहारबाट सिक्दै अगाडि बढ्दा हामीले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र रुपान्तरण गर्ने अभिभारा पूरा गर्नेछौँ ।
घनश्याम भूसाल
२०८२ मंसिर १४
ठ




प्रतिक्रिया