काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज दिउसो २ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
१५ औँ महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी कांग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित छ । कांग्रेसले एक महिनादेखि केन्द्रीय समितिको बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने छलफल गर्दै आएपनि विभाजित विचारहरुका कारण निश्कर्ष निकाल्न नसक्दा पटक पटक बैठक सरिरहेको थियो ।
सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि कांग्रेसको पुस मसान्तमा नियमित महाधिवेशन गर्ने सहमति भएको र आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुनसक्ने बताइएको छ ।




प्रतिक्रिया