नेसनल प्याब्सन भक्तपुरको खेलकूद मेला आजदेखि


काठमाडौं, १५ मंसिर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । सदस्य विद्यालयहरुबीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ ।

खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टाछुट्टै छात्र फुटसल, माध्यमिक तहसम्मका छात्राहरुको भलिवल, माध्यमिक तहसम्मका छात्रहरुको टेवुल टेनिस र माध्यमिक तहसम्मको छात्र र छात्राको छुट्टाछुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न हुने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले जानकारी दिए ।

यसप्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास लिइएको छ । खेलकूद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजेता विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरी समापन गरिनेछ ।