काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का नेता कर्ण थापाले नयाँ नेतृत्वको आगमन र पुरानो नेतृत्वको बहिर्गमन सबै राजनीतिक पार्टीका बीचमा चुनौतीको विषय बनेको बताएका छन् । एमालेमा पनि दुई कार्यकाल र ७० वर्ष उमेरहदको व्यवस्था गरेर बपहर्गनको बाटोलाई सहज बनाइएकोमा त्यसमा चलखेल भएको बताए । पदीय आकांक्षाको कारणले गर्दा एमाले अप्ठ्यारो ठाउँमा गएको उनले बताए । उनले महाधिवेशनका लागि छनोट भएका पदाधिकारीहरुलाई यो महाधिवेशनलाई समस्या समाधानको महाधिवेशन बनाउन आग्रह गरे ।
आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीका गलत कदमविरुद्ध लगातार प्रतिवाद गर्दै आएको पनि उनले बताए । सही कुरा बोल्दाखेरी एमालेमा कारबाही हुन्छ भन्ने त्रासको स्थितिबाट पनि आफूले गलत कुराको विरोध गर्न नछाडेको उनले बताए । पार्टी अध्यक्ष ओलीले सही कुरा गर्दा अहिलेसम्म अस्वीकार नगरेको पनि उनले बताए । केही नेताहरुले आफ्नो निजी स्वार्थका निम्ति ओलीलाई सही कुरा नबताउने काम भइरहेको उनले बताए ।
‘नेतृत्व (ओली) लाई बिर्गानमा चाहिँ आफ्नो स्वार्थका लागि रोटी सेक्नका लागि चाकडी गर्ने, चाप्लुसी गर्ने, आफ्नो योग्यतामा विश्वास नगर्ने मानसिकता छ, यो चिन्तन दोषी छ,’– उनले भने ।
उनले पार्टीको ११औं महाधिवेशनका ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने बताए । कसले जित्ने वा कसले हार्ने भन्ने कुरा प्रतिनिधिको हातमा रहेको र जित्ने कुरा कसैको पनि पक्का नरहेको बताए । उनले पार्टी अध्यक्ष ओलीले नै जित्छन् भन्ने निश्चित नरहेको दाबी गरे । अहिले साह्रा मान्छेहरु ओलीको पछाडि लागेको उनको दाबी छ । पार्टीका देखिएको प्रतिस्पर्धात्मक परिस्थितिले आफू बडो उत्साहित रहेको पनि उनले बताए ।




प्रतिक्रिया