काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश रिजालले पार्टीले आगामी पुसमा महाधिवेशन गराउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गराउने निर्णय भएको बताएका हुनु । उनले कांग्रेसमा अब नियमित महाधिवेशन हुने र विशेष महाधिवेशन नहुने बताए ।
सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर आज नियमित महाधिवेशनको कार्यतालिका आउने तयारी रहेको उनले बताए । पार्टीले निर्णय गरेपछि सबै नेताहरु नियमित महाधिवेशन गइने उनले बताए । नेता रिजालले पुस २६ गतेदेखि महाधिवेशन हुने सुनिश्चित रहेको उनले बताए । कथनकदाचित समस्या आएर सो मितिमा महाधिवेशन हुन नसकेको खण्डमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनपछि हुने उनले बताए ।
कांग्रेसमा यसपटक नेतृत्व परिवर्तन हुने र त्यसको निर्णय महाधिवेशन प्रतिनिधिहरुले गर्ने बताए । पार्टीको १५औं महाधिवेशनमा प्रकाशशरण महत, विमलेन्द्र, निधि, शशांक कोइराला, शेखर कोइराला, गगन थापा, गोपालमान श्रेष्ठलगायतका नेताहरु सभापति पदको आकांक्षी रहेको उनले बताए ।




प्रतिक्रिया