काठमाडौं, १५ मंसिर । हामी नेपालका संयोजक सुदन गुरुङले पोखरामा आफूहरु जाने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरेको खबर पाएको उल्लेख गरेका छन् । तर, आफूहरुको कदम कसैले रोक्न नसक्ने उनको दाबी छ । उनले हिजो आफूहरु देशको लागि लडेर आएको पनि स्मरण गराएका छन् ।
उनले लेखेका छन्–
पोखरामा जेनजि भाईबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबालाई दाजुभाइ तथा दिदी बहिनी हरू भेट्न हामी पोखरा निस्कियौं, र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना Gen Z दाजुभाई-बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौं I YOU MESSED WITH THE WRONG GENERATION OF YOUTHS




प्रतिक्रिया