बालेन र उनको परिवारलाई प्रचण्डको समवेदना


काठमाडौं, १५ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका बाबु रामनारायण शाहको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत मृतक रामनारायणप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले मेयर बालेन र उनको परिवारमा धैर्य र शक्ति मिलोस् भनी समवेदना प्रकट गरेका छन् ।

‘काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्दछु। मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा साह परिवारलाई धैर्य र शक्ति मिलोस्– हार्दिक समवेदना प्रकट गर्दछु,’– प्रचण्डले भनेका छन् ।

बालेनका बाबु रामनारायणको आज (सोमबार) नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।