काठमाडौं, १५ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले सुशीला कार्की नेतृत्वको सकार अरु सरकारभन्दा अति नै भीन्न र विषम परिस्थितिमा निर्माण भएको सरकार भएकोले यसको प्रमुख म्याण्डेट नैसुशासन र निर्वाचन रहेको उल्लेख गरेका छन् । सुशीला सरकार आँफैमा निर्वाचन सरकार भएकोले यस सरकारका मन्त्री वा प्रधानमन्त्री नै झण्डा हल्लाउँदै पदसहित निर्वाचनमा उठ्ने र उठ्न पाउने हो भने सरकारले भन्ने गरेको सुशासन र सुनिर्वाचन कहाँ जान्छ भनेर पनि आचार्यले प्रश्न उठाएका छन् । अहिले उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेर चुनावमा भाग लिने भएका छन् । उनले पदीय जिम्मेवारीबाट अलग नभई निर्वाचनमा भाग लिने समाचार आएपछि संविधानविद् आचार्यको यस्तो टिप्पणी आएको हो ।
उनले फेशबुकमा लेखेका छन्–
यो सरकार अरु सरकार भन्दा अति नै भिन्न र विषम परिस्थितिमा निर्माण भएको सरकार हो । जसको प्रमुख म्यान्डेट नै सुशासन र सु-निर्वाचन रहेको छ । जो आफैमा निर्वाचन सरकार हो । यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्री नै झण्डा हल्लाउदै पद सहित निर्वाचनमा उठ्ने र उठ्न पाउने हो भने सरकारले भन्ने गरेको सुशासन र सुनिर्वाचन कहाॅं जान्छ ? संकट मोचनको रूपमा जेनजी आन्दोलनको (will of the movement) जनादेशलाई वैधताको स्रोत मानेर यो सरकार गठन भएको हो । यसको अरू कानूनी र संवैधानिक स्रोत छैन । भदौ २३ को कलिला युवाहरूमाथिको राज्य अपराध र भदौ २४ को राष्ट्रको सार्वभौकितामाथिको राखमा गठन भएको सरकार हो यो । यस्तो सरकार के आफैमा रोल मोडेल र इतिहासमा नाम लिन लायक बन्नु पर्ने होइन ? के मन्त्रीमण्डललाई कुनै मन्त्रीको आफ्नो धन्दा चलाउने प्लेटफर्मको रूपमा प्रयोग गर्न मिल्ने हो ? यदि यस्तै हो भने यो सरकारले हिजोका सत्ताधारी दललाई प्रश्न गर्ने नैतिक र राजनीतिक शक्ति कहाॅंबाट पाउॅंछ ? कृपया आफ्नो जिम्मेवारीमा गम्भीर बन्नुहोस् !




प्रतिक्रिया