काठमाडौं, १५ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरुलाई दीर्घकालीन अर्थ राख्नेखालका सन्धि, सम्झौता र त्यस्ता प्रकारका प्रोजेक्ट अगाडि बढाउने म्यान्डेट नरहेको बताएकमा छन् । आज (सोमबार) मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारको म्यान्डेट चुनावी प्रयोजनको लागि मात्रै रहेको बताएका हुन् ।
‘यो अन्तरिम सरकार मुख्य त चुनावी प्रयोजनका लागि बनेको हो । यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन अर्थ राख्नेखालका सन्धि, सम्झौता या त्यस्ता प्रोजेक्टहरु अगाडि बढाउँछन् भने त्यो म्यान्डेटभन्दा बाहिरको कुरा हो । विलकूल सही हो । हामी सबैले आवाज उठाउन जरुरी छ,’– प्रचण्डले भने ।
प्रचण्डले वर्तमान सरकार रगठनमा आफूहरुको पनि भूमिका रहेको बताए । यो सरकारले घोषित मितिमै स्वच्छ, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डको माग छ । नेकपा देशभरी चुनाव अभियानमा हिँडिसकेको प्रचण्डले बताए ।




प्रतिक्रिया