कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टी एकीकरण गर्यौंः माधव नेपाल


काठमाडौं, १५ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरु एक भएको बताएका छन् ।

आज (सोमबार) विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरुलाई एकीकरण गरेको बताएका हुन् ।

सह–संयोजक नेपालले नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताए ।