पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक


काठमाडौं, १६ मंसिर । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको निधन भएको छ ।

९५ वर्षीया श्रेष्ठको आज (मंगलबार) नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।