काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्णु पौडेलसँगको पूरानो तस्विर सेयर गरेका छन् । पौडेललाई जन्मदिनको शुभकामना दिनको लागि पोखरेलले आज पूरानो तस्विर साझा गरेका हुन् । जहाँ उनले भनेका छन्,‘प्रिय विष्णु पौडेल कमरेड ! जन्म दिवसका अवसरमा हार्दिक शुभकामना ! जोखिम , प्रतिकूलता र दु:खका दिनमा हामी संगै रहेको क्षण याद दिलाउने तस्वीरमा हामी दुई !”
एमालेको ११औं महाधिवेशनमा पोखरेल अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिष्पर्धामा उत्रिँदैछन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ छ । तर, पोखरेल समूहले पौडेललाई पनि आफ्नो समूहमा तान्न प्रयास गरिरहेको छ । पौडेल अहिले कतै नखुलेको बताईन्छ । यद्धपी यो बीचमा उनले उपमहासचिव पृथ्बीसुव्वा गुरुङसँगै भेटेर अध्यक्ष ओलीसँगै उभिने प्रतिबद्धता जनाएको समाचार बाहिरिएको थियो । दुवै समूहले अहिले प्यानल बनाउन गृहकार्य गरिरहेका छन् ।




प्रतिक्रिया