काठमाडौं, १६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
श्रेष्ठका पिता पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको आज उपचारको क्रममा निधन भएको हो । प्रचण्डले स्वर्गीय श्रेष्ठमा श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
दाहालले फेशबुक पेजमा लेखेका छन्–”पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुख व्यक्त गर्दछु। दिवंगत पिताजीमा श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”




प्रतिक्रिया