तुलाधारलाई नर्वेका लागि नेपालको गैरआवासीय राजदूत नियुक्ति


काठमाडौं, १६ मंसिर । राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।