काठमाडौं, १६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजना गर्ने भएको छ । त्यसको तयारीपूरा भएको नेकपाका नेता महिन्द्र राय यादवले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
कार्यक्रम जनकपुरको तिरहुतियामा हुने भएको छ । उक्त सभामा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ । नेकपाको सन्देशसभा हिजो (सोमबा) विराटनगरमा आयोजना भएको थियो । जनकपुरमा हुने सभामा ४० हजारभन्दा बढि नेता तथा कार्यकर्ता उतार्ने यादवको भनाई छ ।




प्रतिक्रिया