पूर्वसचिव कार्कीलाई थुनामुक्त गर्न अस्विकार


काठमाडौं, १६ मंसिर । सर्वोच्च अदालतले पूर्वसचिव अर्जुनकुमार कार्कीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीलाई थुनामुक्त गर्न माग गरेर उनका दाजु केशवकुमार कार्कीले दायर गरेको बन्दी-प्रत्यक्षीकरणको रिट निवेदनमाथि खारेज गरिदिएको छ ।

कार्कीलाई काठमाडौंको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गाभाडा दिने प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेर अनुसन्धान गरिएको छ ।