काठमाडौं, १७ मंसिर । उर्जामन्त्री कुलमान घिसिङले अब देशको नेतृत्व गर्ने घोषणा गरेका छन् । आज उनकै संरक्षणमा खुलेको उज्यालो नेपाल पार्टीको घोषणासभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यद्धपी उनले यो दल आफ्नो भनेर उनले भनेनन् । जुनसुकै पार्टीले पनि बोलाए आफू अतिथि बनेर जाने उनको घोषणा थियो । उनले अहिले आफूलाई देशकै नेतृत्व गर्नुपर्ने विचार आएको बताउँदै सक्रिय राजनीतिमा होमिएको बताए ।
तर, अहिले आफूले पाएको जिम्मेवारी विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएपछि प्राप्त भएको बताए ।





प्रतिक्रिया