काठमाडौं, मंसिर १८ । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक व्यक्ति शव फेला परेको छ । मदन भण्डारी कलेज हुँदै सेतोपुल बाटोको खोला किनारमा एक व्यक्तिको शव फेला परेका प्रहरीले जनाएको छ ।
मृतकको शज नजिक साइकल पनि फेला परेकाले साइकल दुर्घटना भइ खोलामा खसेको प्रहरीको अनुमान छ । दुर्घटना राति नै भएको हो वा विहानै भएको भन्ने पनि खुलिसकेको छैन। मृतकको पहिचान खुलेको छैन । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया