काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उज्यालो नेपाल आफूहरुको योजना भएको कुरा पूनः दोहोर्याएका छन् । हिजोमात्रै उज्यालो नेपाल पार्टीको घोषणासभा राखिएको थियो । उक्त दल अहिलेका उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा खोलिएको हो ।
तर, उनी अहिले मन्त्रीको जिम्मेवारीमा भएकोले अध्यक्षमा अनुप उपाध्यायलाई अघि सारेका छन् । एमाले महासचिव पोखरेलले कुलमानलाई नै लक्षित गरेर लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले र पार्टी खोल्यो तेस्रोले भनेका छन् ।
उनले योजना एमालेको, जस पाएको प्रचण्ड नेतृत्वको माओवादीले र पार्टी चाहीँ कुलमानले खोलेको भन्ने भाव प्रकट गरेका छन् । प्रचण्डले आफ्नो भीजनको कारण लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका थिए । पोखरेलले फेशबुकमा लेखेका छन्–‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?




प्रतिक्रिया