मधेशको मुख्यमन्त्री कांग्रेसका यादवलाई बनाउने सहमति, हस्ताक्षर संकलन थालियो


काठमाडौं, १९ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । मधेश प्रदेशका विभिन्न ७ दलले यादवलाई मुख्यमन्त्रीमा अघि सार्ने सहमति गरेका छन् ।

यादवलाई मुख्यमन्त्री बनाउनको लागि सात दलले अहिले हस्ताक्षर संकलन गरेका छन् । प्रदेश प्रमुखले सरकार बनाउनको लागि आजसम्मको समय दिएका छन् । file photo