सर्वपक्षीय बैठकमा एमालेबाट शंकर पोखरेल र महेश बर्तौला बालुवाटारमा


काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको आजको सर्वपक्षीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र युवा नेता महेश बर्तौला सहभागी हुने भएका छन् । उनीहरु बैठकको लागि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरिसकेका छन् ।

प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र राप्रपाका नेताहरुलाई आज छलफलको लागि बोलाएकी छिन् ।छलफलमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहनेछ । २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारीको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले आज ४ बजेको लागि बैठक बोलाएकी हुन् ।