काठमाडौं, मंसिर २० । नवलपुरमा एकै ठाउँमा नौवटा मृग मृत फेला परेकाछन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने अनुमान गरिएको छ । मृत कुनैपनि मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक देखिएको छैन । एकै पटक ठुलो सङ्ख्यामा मृग मृत फेला परेपछि अनुसन्धान कार्य अगाडि बढाइएको छ । मृग मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको छ ।




प्रतिक्रिया