काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै वरिपरि अहिले राष्ट्रिय राजनीति घुमिरहेको दाबी गरेका छन् । ११औं महाधिवेशनबाट पनि नेतृत्वमा ओली नै आउने उनको दाबी छ । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले एमाले र नेतृत्वमाथि चौतर्फी प्रहार भइरहेको समेत सुनाए । पोखरेलले भने,उनले भने, ‘पार्टी अध्यक्ष ओलीमाथि चौतर्फी प्रहार भइरहेको छ। यो उहाँमाथि मात्रै होइन, एमाले, एमालेले अघि सारेको नीति र नेपाललाई कमजोर बनाउन गरिएको आक्रमणको रूपमा हामीले लिनुपर्छ।’
उनले अहिले पार्टीभित्र एकता र सहकार्यको खाँचो रहेको भन्दै प्रतिष्पर्धाको खाँचो नभएको बताए । ११औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिष्पर्धा गर्ने भएका छन् ।




प्रतिक्रिया