देशमा अहिले पनि जेन-जीको खोल ओढेर अराजकता बढिरहेको छ : प्रदीप ज्ञवाली


काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकभित्रको अराजकता र अस्थिरता अन्त्य गर्नका लागि एमालेलाई बलियो बनाउनुपर्ने बताएका छन् । बलियो एमाले बनाउन केपी ओलीको विकल्प नभएको बताउँदै उनले अहिलेको अवस्थामा एमालेको पक्षमा गोलबन्ध भए मुलुक ठूलो सङ्कटबाट निस्कने बताए ।

ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टी अध्यक्ष ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने उनको भनाइ छ । एमालेकै कारण अन्य पार्टीले पनि समाजमा आफ्ना आवाज बढाउन सकेको उनले बताए । नीति र नेताको चयन गर्न छुट्टाछुट्टै महाधिवेशन गर्ने एक मात्र पार्टी एमाले रहेको बताउँदै उपमहासचिव ज्ञवालीले पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता र कार्यकर्ताको कुनै अर्थ र महत्व नरहने स्पष्ट गरे ।

उनले भने,‘पार्टीलाई आवश्यक परेका बेला उपस्थित हुन नसक्ने नेता कार्यकर्ताको के काम ? त्यस्ता व्यक्तिलाई गहनाको रूपमा सजाउन मिलेन । देशमा अहिले पनि जेनजीको खोल ओढेर अराजकता बढिरहेको भन्दै नेता ज्ञवालीले समय आएपछि सबै खुल्दै आइरहेको बताए । file photo