अहिले एमाले चुनावको प्रतिक्षामा छ, सरकारको चक्करमा छैन : ओली


काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब हुने निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छ्न । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलील्े यस्तो दाबी गरेका हुन् । उनले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्दै निर्वाचनपछि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न चेतावनी दिँदै अध्यक्ष ओलीले पार्टीहरूकै सरकार बन्ने विश्वास व्यक्त गरे । एमाले चुनावको प्रतीक्षामा रहेको तर फागुन २१ मा चुनाव नहुने बताउँदै उनले अहिले एमाले सरकारको चक्करमा नरहेको स्पष्ट पारे । ओलीले वर्तमान सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिए ।

जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने उनले स्पष्ट पारे । राजनीतिक दलहरूप्रति वैरभाव राखेर, अपराधी र हतियार बाहिर राखेर कुनै पनि हालतमा चुनाव हुन नसक्ने अध्यक्ष ओलीको धारणा छ । सरकारलाई निर्वाचन गराउने भन्दा पनि निर्वाचनबाट पुराना दल आउँछन् भन्ने डर रहेको उनको भनाई थियो । file photo