सिंहदरबार छिर्दै पूर्व राष्ट्रपति भण्डारी, प्रधानमन्त्री कार्कीसँग विशेष भेटवार्ता तय


काठमाडौं, २१ मंसिर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको अवलोकन गर्ने भएकी छन् । पूर्व राष्ट्रपति भण्डारी आज दिउँसो सिंहदरबार परिसरको अवलोकन गर्न त्यहाँतर्फ जाने तयारी रहेको बताइएको छ ।

सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच हुने भेटलाई विशेष चासोको साथ हेरिएको छ ।