उरुम्ची, २१ मङ्सिर । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
उक्त दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागहरूमा क्रमिक रूपमा भएको थियो । पाँच ठूला सवारीसाधन र सात कारहरू आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।
घाइतेहरूलाई उद्धारकर्मीहरूले अत्यन्तै चाँडो अस्पताल पु¥याएर आपत्कालीन उपचारको व्यवस्था गरिएको छ । अधिकारीहरूका अनुसार एकाएक लागेको बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको अनुमान गरिएको छ ।
घटनाको कारण र विस्तृत विवरण पत्ता लगाउन स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । रासस




प्रतिक्रिया