पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड भ्रष्टाचार, पाँच पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं, २१ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्र (चार जना पर्यटन र एक जना अर्थ) सहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दा दायर भएका पूर्वमन्त्रीमा स्वर्गीय पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक चन्द्र अमात्य छन्। यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि यस प्रकरणमा मुछिएका छन् ।