काठमाडौं, २१ मंसिर । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो ।
प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा आज भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । महानिर्देशक अधिकारी गत बुधबार पक्राउ परेका थिए ।




प्रतिक्रिया