सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध


काठमाडौं, मंसिर २२ । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोलले पराजित भएको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन विलियट स्वेडबर्गले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औँ मिनेटमा विलियटले गोल गर्दै सेल्टा भिगोलाई शुरूवाती अग्रता दिलाएका थिए । ६४ औँ मिनेटमा फ्रान्सिस्को गार्सिया दुई मिनेटको अन्तरालमा दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा अल्भारो कारेरासपनि रातो कार्ड पाउँदै मैदान छोडेपछि म्याड्रिडले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । एक मिनेटपछि विलियटले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै सेल्टा भिगो १५ खेलबाट १९ अंक जोड्दै दसौं स्थानमा उक्लिदा म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी घटाउने मौका गुमाएको छ । हाल म्याड्रिड १६ खेलबाट ३६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ४० अंक रहेको छ ।