काठमाडौँ, २२ मङ्सिर । आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।
असई कार्कीको परिवार काठमाडौँको सिनामङ्गलमा डेरा गरी बस्दै आएका थिए । उनकी श्रीमती विस्ना साउद पनि प्रहरी जवान हुन् । जन्मजात ब्रेन ट्युमर भएका आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।’
असई कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया