कोलम्बो, २२मङसिर । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।
सिँचाइ निर्देशक (जलविज्ञान तथा विपद् व्यवस्थापन) एल. एस. सूरियाबन्दराले विभागका अनुगमन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कले हाल बाढीको स्तर सामान्य भएको पुष्टि गरेको पत्रकारहरू समक्ष बताएका हुन् ।
सामान्य बर्षा भएता पनि प्रमुख जल क्षेत्र र मुख्य नदीहरुमा वर्षाले नदीको जलस्तर उल्लेखनीय वृद्धि नहुने अपेक्षा गरिएको जनाएको छ ।
यसैबीच, बिस्तारै अतिरिक्त पानी छोड्न लग भग ३० वटा प्रमुख जलाशयहरूमा गेटहरू खोलिएको उनले बताएका छन् ।
आगामी दिनमा थप वर्षा हुने अपेक्षा गरिएको उल्लेख गर्दै सिँचाइ विभागले बदलिँदो अवस्थाबारे नियमित अपडेट जारी गरिरहने र जनता सतर्क रहनुपर्ने सुरियाबन्दरले बताएका छन् ।
हाल, श्रीलङ्का मनसुन वर्षाको मौसमबाट गुज्रिरहेको छ भने चरम मौसमी बर्षाका कारण आएको बाढी र अन्य प्रकोप बाट ६०० भन्दा बढी श्रीलङ्कालीको मृत्यु भएको छ जनाइएको छ । रासस




प्रतिक्रिया