नेपाल बारका पूर्व अध्यक्ष घिमिरेले पाए सफाइ


काठमाडौं, २२ मंसिर । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय शान्ति सिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा घिमिरेलाई सफाइ दिएको हो ।

बारको अध्यक्ष रहेको बेलामा घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरेविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले अवहेलना मुद्दा दायर गरेको थियो । सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेमार्फत अवहेलनाको प्रतिवेदनका आधारमा बारका अध्यक्ष घिमिरेविरुद्ध २०८१ असोजमा अवहेलना मुद्दा अघि बढाइएको थियो ।

बारका तत्कालीन अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिमा असहमती जनाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाएका थिए ।