काठमाडौंको सिफलबाट हर्क साम्पाङको घोषणा : हामी चुनाव जितेर सरकार बनाउँछौं


काठमाडौं, २२ मंसिर । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले चुनावपछि आफ्नो दलले सरकार बनाउने दाबी गरेका छन् । आज (सोमबार) काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले नै चुनाव जित्ने र सरकार बनाउने दाबी गरेका हुन् । उनले आफूहरुले नै जेनजीको भावना बुझ्ने र उनीहरुको माग पूरा गर्ने बताए । उनले आफूसँग देश बनाउने भीजन रहेको बताए । उनले धरानमा विकास कसरी गर्न सकिन्छ भनेर आफूले श्रमदानको मोडेल देखाईसकेको बताए । file photo