दुर्गा प्रसाईं प्रधानमन्त्री कार्कीसँग वार्ताको लागि सिंहदरबारमा


काठमाडौं, २२ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसँगको वार्ताको लागि सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री कार्कीले प्रसाईंलाई वार्ताको लागि आज सिंहदरबार बोलाएकी हुन् । यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग सिंहदरबारमा नै वार्ता गरेका थिए ।

सिंहदरबार प्रवेश गर्दा उनलाई मिडियाकर्मीले प्रश्नहरु तेर्साएका थिए । आफू हिन्दूराष्ट्र र राजसंस्था माग्नको लागि प्रधानमन्त्रीसँग भेट्न आएको जवाफ दिएका छन् । प्रसाईंले यसअघि मंसिर ७ गते नेपाल बन्दको घोषणा गरेका थिए । तर, बालुवाटारमा उनको समूह र सरकारबीच वार्ता भएपछि सो घोषित आन्दोलन फिर्ता भएको थियो । file photo