काठमाडौं, २२ मंसिर । जेन-जी आन्दोलनको क्रममा काठमाडौंमा शाहदत प्राप्त गरेका शहीद श्रेयम चौलागाईको सम्झनामा परिवारले मोरङमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । श्रेयमले प्रारम्भिक शिक्षा पढेको विद्यालयका १४६ जना विद्यार्थीलाई शहीद श्रयमको तस्बिर अङ्कित ज्याकेट र कपि र कलम वितरण गरेएको हो ।
सामाजिक अभियन्ता माधवसुन्दर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम र शहीद परिवारले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि माधवसुन्दर खड्काले जेनजी आन्दोलनको माग अनुसार अझै पनि काम हुन नसकेको गुनासो गरे ।
उनले एकजना प्रधानमन्त्री परिवर्तनका लागि यत्रो साहदत आवश्यक नरहेको बताउँदै २०८४ मा हुने चुनाब २०८२ मा सार्नु जेनजी विद्रोहको माग नरहेको उल्लेख गरे ।
कार्यक्रममा जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतमले शहीदका सपना पुरा गर्न र जेनजी पुस्ताको माग अनुसार काम गर्न सरकारसँग आग्रह गरिन । समाज र राष्ट्रलाई सही दिशातर्फ अघि बढाएर जेनजी शहीदको सपना पूरा गर्नुपर्ने गौतमले बताईन् ।
शहिद श्रेयमका बुबा गणेशप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जेनजी आन्दोलनका क्रममा शहीद भएका योगेन्द्र न्यौपाने गोलान्जार ७ सिन्धुली, विजय चौधरी लाहान १५ सिराहाका आफन्तजनको पनि उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जलि सभामा बेलबारी प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरे, शहीद श्रेयमका आफन्त विष्णु खत्री र दीपज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद आचार्य लगायत सहभागीले बर्तमान सरकारले जेनजीको भावना अनुसार काम गर्नु पर्ने सुझाव दिए ।
बेलबारी ११ डाँगाहाट मोरङ स्थायी घर भएका श्रेयम चौलागाईं काठमाडौंस्थित् ग्लोवल कलेजमा कक्षा १२ मा अध्यनरत थिए । श्रेयमको भदौ २३ गते जेनजी आन्दोलनको क्रममा काठमाडौंमा प्रहरीको गोली लागी ज्यान गएको थियो ।







प्रतिक्रिया