आसन्न निर्वाचनका लागि एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्नुपर्छः झलनाथ खनाल (भिडिओसहित)


काठमाडौं, २३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले देशमा निर्वाचनको विकल्प नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चाँडोभन्दा चाँडो निर्वाचन हुनुपर्ने बताएका हुन् । उनले निर्वाचन अगाडि सरकारले जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सक्नुपर्ने बताए ।

त्यस्तै, हजारौंका संख्यामा अपराधीहरु जेटबा छुटेको भन्दै उनले चुनावभन्दा अगाडि त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । निर्वाचन आयोगले आफ्नो ढंगले काम गरिरहेको र त्यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए । सरकार पूर्वाधारहरु विकास गर्न सक्नुपर्ने र चुनाव अत्यावश्यक रहेको बताए ।

चुनावमा सम्पूर्ण वामहरु एकतावद्ध हुनुपर्ने उनले बताए । अब एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्नुपर्ने उनले बताए । ‘सम्पूर्ण वामहरु एकतावद्ध हुनुपर्छ भन्ने मेरो सुरुदेखिको भनाइ हो । नेपाली कम्युनिष्ट पार्टीमा अहिले १६ वटा समूहरु एकतावद्ध भयौं । एउटा ठूलै उपलब्धी हो । अब यतिमात्रै पर्याप्त छैन । अब नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी पनि मिल्नुपर्छ,’– उनले भने ।