भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवले भेटे प्रधानमन्त्री कार्कीलाई


काठमाडौं, २३ मंसिर । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल–भारत सम्बन्धको विषयमा चर्चा भएको हो । नेपालले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दैछ । भारतले नेपालको निर्वाचनमा सहयोग गर्ने घोषणा गरिसकेको छ ।