काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिईएको छ । देउवालाई निमन्त्रणा दिनको लागि सचिव रघुवीर महासेठ र युवा नेता महेश बर्तौला आज महाराजगञ्ज पुगेका थिए ।
यही मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनमा विभिन्न दलका नेताहरुलाई अतिथिको रुपमा बोलाईएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देउवा दम्पत्तिलाई निवासमा नै पुगेर भेट गरेका थिए ।




प्रतिक्रिया