काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) कि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफ्नो अबको अध्यक्ष ईश्वर पोखरेल रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केपी शर्मा ओलीले दुई कार्यकाल पूरा गरिसकेको र ७० वर्ष पनि पूरा भइसकेको बताईन् । पुरानै नेताबाट नयाँ काम सम्भव नरहेको उनले बताईन् ।
साथै, आजको दिनमा केपी ओलीले एमाले हाँक्न नसकेको पनि उनको आरोप छ । अध्यक्षमा अब ओलीको टेण्डर सकिएको नेतृ तिम्सेनाको टिप्पणी छ । ओली प्रवृत्तिबाट आम कार्यकर्ताहरु वाक्कव्याक्क भइसकेको बताउँदै उनले अब नेतृत्वमा ओली हुन नहुने बताईन् ।
नेतृ तिम्सेनाले अब संसद् पुनर्स्थापनाको एजेण्डा पनि अगाडि बढाउन नहुने बताईन् । राजनीतिले जहिले पनि समाजको मनोविज्ञानलाई लिड गर्न सक्नुपर्ने बताउँदै उनले अब पुनर्स्थापित हुने संसद्लाई आम जनताले नचाहेको बताईन् । अब निर्वाचनमा जानु उत्तम विकल्प रहेको उनले बताईन् । एमाले अध्यक्ष ओलीले जे कुरा हुन सक्दैन भन्छन् त्यो नै अन्तिम सत्य मान्न नहुने उनले बताईन् ।




प्रतिक्रिया