प्रतिनिधिसभा निर्वाचनः झापा-१ बाट महामन्त्री शर्माको एकल नाम सिफारिस


काठमामडौं, २३ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ । झापा १ बाट उम्मेदवार बन्नका लागि महामन्त्री शर्माको नाम सर्वसम्मतिले सिफारिस भएको हो ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार क्षेत्रीय समितिले उम्मेदवारमा महामन्त्री शर्माको एकल नाम सिफारिस भएको छ । शर्माले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि झापा–१ बाटै जितेका थिए । क्षेत्रीय समितिले महामन्त्री शर्माको एकल नाम सिफारिस गरेसँग उनी सो क्षेत्रको उम्मेदवार निश्चित भएका छन् ।