काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) ले पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रमा नेपालमा रहेका विभिन्न १६ दललाई निमन्त्रणा दिएको छ । एमाले नेता महेश बर्तौलाका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न १६ दललाई उद्घाटन सत्रमा शुभकामना दिन निम्तो गरिएको छ ।
एमालले उद्घाटन सत्रमा शुमकामना सन्देश दिन भन्दै निमन्त्रणा लिएको दलहरुमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, परिवार दल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा माओवादीलगायत रहेका छन् ।
एमालेले ११औं महाधिवेशन उद्घाटनमा शुभकामना दिन विदेशी पाहुनाहरू भने नबोलाउने भएको छ । एमालेले भर्खरै खुलेका नयाँ दलहरू नागरिक उन्मुक्ति पार्टी नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतलाई भने बोलाएको छैन । एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यतालिका रहेको छ । File Photo/RN




प्रतिक्रिया