काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) कि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाएकी छन् । पार्टीको ११औं महाधिवेशनको पूर्व सन्ध्यामा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीमाथि अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान अपमान र हिंसा गरेको आरोप लगाएकी हुन् ।
ओलीले भण्डारीलाई अपमान गरेको भन्दै उनले त्यो अपमान समग्रम महिलाको अपमान रहेको बताईन् । अब एमालेमा महिलालाई अपमान गर्ने नेतृत्व आवश्यक नरहेको उनको भनाइ छ । उनले भनिन्, ‘पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त गर्न पाइँदैन । अझ पूर्व राष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ ?’ प्रश्न गर्दै उनले भनिन् ।
अध्यक्ष ओलीले एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिने क्रममा पूर्व राष्ट्रपति भण्डारीलक्षित गर्दैै ‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने ?’ भनी प्रश्न गरेका थिए । नेतृत्वमा रहेर ओलीले यस्तो अभिव्यक्ति दिन नसुहाउने उपाध्यक्ष शाक्यकको भनाइ छ । ओलीको महिलाप्रतिको दृष्टिकोण नै खराब रहेको उपाध्यक्ष शाक्यको आरोप छ ।
यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ ? ‘केपी कमरेडले गर्न हुन्छ । किनभने उहाँको सोचै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन,’– उपाध्यक्ष शाक्यले भनिन् ।




प्रतिक्रिया