काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आसन्न प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको उम्मेदवारमा सिफारिस भएकी छन् । डा.राणा कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी हुन् ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आज (मंगलबार) बसेको बैठकले उम्मेदवारमा राणा, डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।




प्रतिक्रिया