काठमाडौं, २३ मंसिर । बादी सरोकार मञ्चले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलालाई सम्मान गरेको छ। धमलाले संस्थालाई पुर्याएको योगदान र खेलेको भूमिकालाई लिएर आज काठमाडौंमा आयोजित एक कार्यक्रमको बीचमा नेपालस्थित् यूरोपियन युनियनकी राजदूत भेरोनिक लोरेञ्जोले सम्मान–पत्र प्रदान गरेकी हुन् ।
मञ्चले पत्रकार धमलाले विगत तीन दशकभन्दा लामो समयदेखि पत्रकारिताको माध्यमबाट देश र जनताको लागि पुर्याएको योगदानको पनि कदर गरेको छ । बिएसएमएनले पत्रकार धमलालाई ‘आवाजविहीनहरुको आवाज’ भनेर प्रशंसा गरेको छ ।





प्रतिक्रिया