काठमाडौं, २३ मंसिर । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस गरेको छ ।
आज (मंगलबार) बसेको कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा शेखरको नाम एकल सिफारिश भएको हो । यस्तै, मोरङ–३ बाट डा. सुनिल शर्माको नामपनि यसअघि नै एकल सिफारिश भइसकेको छ ।
दुवै नेताले आ–आफ्नो क्षेत्रबाट यसअघि ०७९ को निर्वाचनमा पनि जित हाँसिल गरेका थिए ।




प्रतिक्रिया