काठमाडौं, २३ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले काभ्रे क्षेत्र नं. १ बाट गणेश लामालाई उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र–१ को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ लामा, गुणराज मुक्तान, तिर्थ बहादुर पसखल, बिदुर बस्नेत, रसिला खनालको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ हर्षजित लामा (आदिवासी जनजाति), ललिता किङरिङ आदिवासी जनजाति महिला), हरि बहादुर बल (आदिवासी जनजाति), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपाङ्ग) र बाबुराम गिरी (अल्पसंख्यक) सिफारिस भएका छन् ।




प्रतिक्रिया