क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग अदालतले माग्यो ५ लाख धरौटी


काठमाडौं, २३ मंसिर । विशेष अदालतले नागरिक उड्यन प्राधिकरण (क्यान) का निलम्वित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी मागेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी अख्यिार दुरुपयोग अनुसन्धान आयोगले क्यानका निलम्ति महानिर्देशकसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा आज (मंगलबार) थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अख्यितारले सो मुद्दामा ५ जना तत्कालीन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो मुद्दामा निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी पनि प्रतिवादी रहेको छ । त्यस्तै, अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेशसमेत भएको छ ।