प्रचण्ड-माधवले झैं खुल्ला चौरमा आमसभा गरेर देखाउन देउवा-ओलीलाई चुनौती


काठमाडौं, २३ मंसिर । निवर्तमान प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झैं खुल्ला चौरमा आमसभा गरेर देखाउन चुनौती दिएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माधव–प्रचण्डले झैं ओली, देउवा, आरजु राणा, रमेश लेखकलगायतको चौरमा आमसभा गरेर देखाउन नसक्ने बताएका हुन् ।

‘अहिले पनि शेरबहादुरजी, केपी ओली, आरजु भाउजु वा रमेश लेखकले चौरमा आमसभा गरेर देखाउन सक्दैनन् । जसरी अहिले प्रचण्ड–माधवहरुले चौरमा आमसभा गरिरहेका छन् । यिनीहरु जान सक्दैन,’– उनले भने ।

जनताले आफ्नो पीडाको कारक देउवा, ओलीलगायतलाई मानिरहेको र उनीहरुले जनताको उठिबास नै लगाएको नेता सिंहको आरोप छ ।