क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणसम्बन्धी छलफल गर्दै कांग्रेस


काठमाडौं, मंसिर २४ । आज नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक बस्दैछ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक भर्चुअल माध्ययममार्फत बस्न लागेको हो ।

अहिले बिहान साढे ८ बजे सुरु हुने बैठकमा १५औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी छलफल हुनेछ । बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय सहभागी हुनेछन्।